१४ बैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश

Audit Dipendra Jha e1608254385734

प्रदेश नं २ का प्रमुख तिलक परियारसमक्ष आज मधेशी आयोगले आव २०७६÷७७ को सम्पादन आयोगको कामसँग सम्बन्धित कार्यालयको दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तको नेतृत्वमा आएको पदाधिकारी तथा कर्मचारीसहितको टोलीले उक्त प्रतिवेदन पेश गरेको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।

नेपालको संविधानको २९४ उपधारा–३ एवं मधेशी आयोग ऐन–२०७४ व्यवस्था भएको प्रावधान बमोजिम मधेशी आयोगले प्रदेश प्रमुख समक्ष सो प्रतिवेदन पेश गरेको हो ।