१४ बैशाख २०८१, शुक्रबार

सेना र सिंगो देशलाई नै धोका दिइन् तुलसा खत्रीले, मन्दिर जान्छु भनी भागेर कतार

tulasa khatri

नेपाली सेनाले तुलसा खत्रीप्रति गर्व गर्दै आजभन्दा २२ दिनअघि उनले दश वर्ष पुरानो राष्ट्रिय किर्तिमान तोडेकोमा खुशी साटेको थियो । एथलेटिक्सतर्फ चार सय मिटर दौडमा तुलसाले ५९.५७ सेकेन्डमा दौड पूरा गर्दै किर्तिमान बनाएकी थिइन् । यसअघि ५९.९० सेकेन्डमा किर्तिमान थियो ।

चीनको हुआनमा सातौं सैन्य खेलकुदमा तुलसाको रेकर्डप्रति सेनाले गर्व गर्दै फेसबुक पेजमा समेत लेखेको थियो । तर, तिनै तुलसाले सेनामात्र नभई सिंगो देशलाई नै धोका दिइन् ।

कुनै खेलाडीलाई राष्ट्रलाई ठूलो धोका दिन्छ । त्यो पनि अन्तर्राष्ट्रिय खेलका लागि छानिएर खेल हुनैलाग्दा भागेर । खेलाडी त्यो पनि नेपाली सेनाका सैनिक । तुलसा खत्री खेलाडी मात्र नभएर सैनिक पनि हुन् ।

बन्द प्रशिक्षणमा रहेकी तुलसा भागेर कतार उडेको खबर आयो । देशबाटै भागेर कतार पुगेकी तुलसा खत्री विगतमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी हुन् । उनी चीनमा भएको सैन्य प्रतियोगितामा सहभागी भई राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् ।

साग खेल अन्तर्गत चार सय मिटर र चार सय मिटर हडरल्समा देशको प्रतिनिधित्व गरी पदकको आशा गरिएकी खेलाडी हुन् । बुधबार विहान मन्दिर जान्छु भनी हिंडेकी उनले साँझ आठ बजे अभ्यासमा आउन नसक्ने जानकारी दिएकी थिइन् ।

तुलसा खत्रीका लागि राष्ट्रले धेरै लगानी गरिसकेको छ । तर, उनी किन कतार गइन् ? देशलाई धोका दिएर बन्द क्याम्प छाडेर भाग्ने उनले नियमको उल्लंघन गरेकी हुन् । अब उनीमाथि कारबाही अगाडि बढ्ने भएको छ । सैनिक नियम अनुसार उनीमाथि कोर्ट मार्सल हुनसक्छ । सैनिक स्रोतका अनुसार तुलसाले नियमानुसार कारबाही भोग्नुपर्छ । उनले सेनामा कुनै जानकारी नगराई भागेकाले कडा कारबाही हुनसक्छ ।