१२ बैशाख २०८१, बुधबार

भारतका पूर्व कप्तान गाङ्गुलीको ह्रदयघात पछी मुटुको शल्यक्रिया सम्पन्न

sourav ganguly

भारतका पूर्व कप्तान सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ ।

गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो ।

“सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,” गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भन्नुभयो ।

गाङ्गुली विरामी भउको खबरपछि उहाँलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ ।

भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली गठन गरेको बताइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले उनले गांगुलीको परिवारलाई उद्धृत गर्दै भन्नुभयो, “मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उहाँको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु ।”

गाङ्गुली सन् २०१९ मा सर्वसम्मतरूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित हुनुभएको थियो । सफल खेलाडीको रूपमा उहाँले लामो समय भारतीय क्रिकेटको नेतृत्व गर्नुभएको थियो भने गाङ्गुलीले संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

वायाँ हातको जादुमयी खेलका लागि चिनिने गाङ्गुलीले सात हजार २१२ र र १६ सेन्चुरीको रेकर्ड कायम गरी टेस्ट क्रिकेटबाट सन् २००८ मा विदा लिनुभएको थियो ।

उहाँले एक दिवसीय ३११ अन्तर्राष्ट्रिय खेलबाट एघार हजार ३६३ रनको रेकर्ड बनाउनुभएको छ ।

हाल राष्ट्रिय टोलीका कप्तान रहेका अजिंक्य रहाणेले ट्वीट गर्दै गाङ्गुलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । “तपाईलाई शीघ्र स्वास्थ्य लाभको लागि शुभकामना । एस एस गांगुली दादा तपाईं छिट्टै स्वस्थ हुनुहुनेछ भनेर हामी प्रार्थना गर्दछौँ ।”

“मेरो विचार उनका परिवार र प्रशंसकहरुले यस घडीमा उहाँ छिट्टै भेट्ने विश्वाससाथ स्वास्थ्य लाभको कामना गरौँ,” भारतका प्रशिक्षक रवि शास्त्रीले ट्विटरमा लेख्नुभएको छ ।