२६ बैशाख २०८१, बुधबार

प्रेसरकुकरसहित विप्लवका ९ कार्यकर्ता वडाअध्यक्षका घरबाट पक्राउ

biplab bomb cooker

नयाँ प्रेसरकुकरसहित नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्वको नेकपाका ९ कर्यकर्ता पक्राउ परेका छन । इलाका प्रहरी कर्यालय धरानको टोलीले उनीहरूलाई सोमबार राति धरानको निराजन बस्तीबाट पक्राउ गरेको हो।

धरानको उपनिर्वाचन बिथोल्न तयारी गर्दै गरेको अवस्थामा पर्चा र केही बन्दोबस्तीका सामग्रीसहित उनीहरुलाई धरान १५ का वडाअध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरिएको डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा संखुवासभाका रमेश भनिने कुमार ढकाल, शुवास राई, दिपेन्द्र राई, प्रबिन राई, उमेश राई, पदम राई, महेन्द्र राई, उदिप रसाइली र धरानका शन्जेस राई रहेको डिएसपी न्यौपानेले बताए ।

पक्राउ परेकाहरुको साथबाट नयाँ प्रेसर कुकर, पर्चा, नगद रसिद, १० थान मोबाइल, १२ थान सिमकार्ड, दुईथान मोटरसाइकल र एकलाख ज्ञद्द हजार छ सय नगद बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार विप्लवका कार्यकर्ता वडाअध्यक्ष इबारामको घरमा भाडामा बस्दै आएका थिए। उनीहरु धरानमा व्यापारीसँग जवरजस्ती चन्दा माग्को र आगजनीका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई मंगलबार नै मुद्दा दर्ता गरी कारबाही प्रक्रिया बढाइने डिएसपी न्यौपानेले बताए ।