१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य समस्या देखाउँदै रजनीकान्तले राजनीतिमा प्रवेश नगर्ने घोषणा

rajnikanth

दक्षिण भारतका सुपरस्टार एवं चर्चित अभिनेता रजनीकान्तले आफू चुनावी राजनीति आउन नसक्ने घोषणा गरेका छन् । तमील जनताका नाममा चिठी लेख्दै उनले आफूले पार्टी पनि गठन नगर्ने स्पष्ट पारेका छन्।

केही समय अघि अब आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले अहिले भने चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका हुन् । आफु स्वास्थ नरहेकाले राजनीति नगर्ने निर्णयमा पुगेको उनले ट्वीट गरेर बताएका हुन् ।

यो निर्णय गरिरहँदा आफू निकै दुखी भएको उनको भनाइ छ । केही दिन अघि हैदरावादमा सुटिङ चलिरहेका बेला रजनीकान्तको स्वास्थ्यमा समस्या आएपछि तीन दिन अस्पताल भर्ना गरिएको थियो ।

चलचित्रमा जुन क्रूसँग उनले काम गरिरहेका थिए, त्यसमा केहीको कोरोना पोजेटिभ आएको थियो । यसअघि उनले जनावरीसम्ममा आफ्नो पार्टी सुरु गर्ने बताएका थिए ।

उनले मिडियाको माध्यमले आफूले चुनाव जित्न नसक्ने र मानिसको अपेक्षा पुरा गर्न नसकिने पनि बताएका छन्।