१७ बैशाख २०८१, सोमबार

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः बस्नेत

mahesh basnet

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताउनुभएको छ ।

प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताउनुभयो ।

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उहाँले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गर्नुभयो । पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन यहाँ आउनुभएको हो ।