१४ बैशाख २०८१, शुक्रबार

‘दुई महिनामै प्रचण्डले छेपारोजस्तो रंग फेरे’

mahesh basnet
फाइल फोटो

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले नै एमालेसहितको गठबन्धन तोड्न लागेको टिप्पणी गरेका छन् । यद्धपी बस्नेतले अहिलेको सत्ता गठबन्धन तोडिएको भनेर भन्न नमिल्ने बताए । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा नेता बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनसम्मको लागि अन्तिम मौका दिएको पनि उल्लेख गरे । उनले भने,उहाँले आफूलाई सच्याउने स्थिति भयो भने एउटा कुरा हुन्छ, नहुँदाखेरि एमाले सत्तालिप्सामा लागेर टाँसिएर बस्ने स्थिति हुँदैन् । र, यो कुरा मुलुकको दुर्भाग्यसँगै प्रचण्डको पनि दुर्भाग्य सुरु हुन्छ भन्ने लाग्छ ।

नेता बस्नेतले प्रचण्डले उनको बारेमा आम रुपमा के टिप्पणी भैरहेको छ भनेर बुद्धिजिवीहरुको तर्क सुन्नुपर्ने सुझाव दिएका छन् । पछिल्लो समय प्रचण्डको शैलीप्रति कस्तो कटाक्ष आईरहेको छ भनेर पनि बुझ्न बस्नेतको सल्लाह छ । उनले प्रचण्डले दुई महिनामै छेपारोजस्तो रंग फेरेको आरोप लगाए ।

उनले आफूहरुले प्रचण्डको बारेमा तथ्यमा आधारित आलोचना गरेको दाबी गरे । उनले आफ्नो दलविरुद्ध आठ उभिने स्थिति बनेपनि आफूहरु बलियो भएर अघि बढ्ने बताए । उनले पार्टीलाई आफूहरुले नयाँ उचाईमा पुर्याउने सुनाए । उनले अब प्रचण्डको छेपारो प्रवृत्तिले उनीप्रति कसैलेपनि सहानुभूति नदेखाउने दाबी गरे ।

अबको दुई महिनाभित्रै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई संविधानको धारा ७६ को ३ अनुसार आफ्नै नेतृत्वमा सरकार बनाएर गलहत्याउने सनसनीपूर्ण टिप्पणी गरे । बस्नेतले अब प्रचण्ड “दुई वटा श्रीमतीको पोई, भित्तामा बसी रोइ” को स्थितिमा पुग्ने दाबी गरे ।