१५ बैशाख २०८१, शनिबार

दाङमा जीपको ठक्करबाट आज एक पैदलयात्रुको मृत्यु

accident

दाङमा जीपको ठक्करबाट आज एक पैदलयात्रुको मृत्यु भएको छ । लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा साँझ ६ बजे पैदल हिँडिरहेका प्युठान, मल्लरानी गाउँपालिका –५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।