१५ चैत्र २०८०, बिहीबार

मर्निङवाकमा निस्केका डाक्टरलाई गाडीले ठक्कर दियो, घटनास्थलमै मृत्यु

doctor death OlsEnbasB1

आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए ।

तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन् । संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भयो ।

घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो । ‘अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए,’ महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले भने ।

डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ ।

डाक्टर जोशीकी श्रीमती नेपाली सेनाको रिटायर्ड जर्नेल रहेको प्रहरीले जनाएको छ ।

डाक्टर जोशी बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका थिए ।