८ बैशाख २०८१, शनिबार

सरकारलाई सच्याउनका लागि यो चुनाव काँग्रेसले जित्नु पर्छ : शेखर कोइराला

Shekhar Koirala

उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई सच्याउनका लागि 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसार अन्तर्गत आज पोखरा महानगरपालिका–१६ अर्मलाको ¥यालीमा आयोजित चुनावी सभामा उनले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाए ।

सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उनले सरकारलाई सही बाटोमा डो¥याउनका लागि यो चुनावमा काँग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गरे ।

सभामा काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पु¥याएर बिसाउने प्रतिबद्धता व्यक्त गरे । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।