१५ बैशाख २०८१, शनिबार

मन्त्रिमन्डल पुनर्गठन प्रती भीम रावलको कडा ट्वीट

Bhim Rawal

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मन्त्रिमन्डल पुनर्गठनमा राष्ट्रपति विद्यादेवी भण्डारी संलग्न बनेको भन्दै कडा टिप्पणी गरेका छन् ।

बिहीबार ट्वीटमार्फत् रावलले ‘संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिले पार्टी पक्ष–विपक्षको राजनीति गर्ने र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?’ भन्ने प्रश्न गरेका छन् ।

‘नेकपालाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशका लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानुन, न्याय र संसदीय मामिलाजस्ता मन्त्रालय सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो ?’ भन्ने प्रश्न पनि रावलले गरेका छन् ।

‘विगतमा कम्युनिस्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पुँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो रु संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ?’–उनको थप प्रश्न छ ।

मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि यस सन्दर्भमा निम्नलिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्ः

भीम रावलको प्रश्न :

१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?

२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?

३. विगतमा क.पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको अौचित्य के हो?

४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?