७ बैशाख २०८१, शुक्रबार

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन, सेवाग्राहीलाई सास्ती

sigas 3k20UO8RhF

बैतडी – सिगास गाउँपालिकाका नौवटै वडा कार्यालय सचिवविहीन छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ।

सचिवविहीन रहेका वडाहरुमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए।

साविकको छवटा गाविसका छजना प्राविधिक सहायकलाई नौवटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ अवस्थीले बताए। तीनजनाले दुई वडा र अन्य तीन जनाले एकरएक वडाको जिनम्मेवारी दिइएको छ।

वडा कार्यालयहरुमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए।

    सम्बन्धित समाचार...