२० बैशाख २०८१, बिहीबार

सरकारले जनतालाई शक्तिशाली बनाउन नसकेको आरोप

a gagan thapa n

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देखिने गरी परिणाम र परिवर्तन खोजेका जनताको अपेक्षालाई अहिलेको सरकारले पूरा गर्न नसकेको अरोप लगाउनुभएको छ । धनगढीमा भएको कांग्रेसको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद थापाले सच्चिएर काम गर्न पटक पटक गरिएको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

सरकारलाई सही बाटामा हिँडाउन कांग्रेस सडकमा आएको बताउँदै उहाँले भन्नुभयो, “यो सरकार शक्तिशाली छ तर जनतालाई शक्तिशाली बनाउने काम गर्न सकेको छैन ।”

सभामा पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता रामजनम चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले पनि समसामयिक राजनीतिका विषयमा बोल्नुभएको थियो ।

यसअघि स्थानीय ट्राफिक चोकबाट निस्केको विरोध ¥याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।