८ बैशाख २०८१, शनिबार

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

juwa O1PbFBrgUw

झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका-६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...