४ भाद्र २०७९, शनिबार

जनता आवास कार्यक्रमबारे सांसद साहबाट जवाफ माग

Prabhu Sah
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रदेश नं २ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउनुभएको छ ।

जिल्ला सदरमुकाम गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं २ का अध्यक्ष साहले सङ्घीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भनी प्रदेश नं २ सरकारसंँग जवाफ माग गर्नुभयो ।

“घरवारविहीन दलित समुदायको घर निर्माणका लागि सङ्घीय सरकारले अर्बौंँ रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भन्नुभयो, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन ।”

प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको आरोप पनि उहाँले लगाउनुभयो ।