१४ बैशाख २०८१, शुक्रबार

च्याम्पियन्स लिग: आज राती मेस्सी र रोनाल्डो भिड्दै, झण्डै दुई वर्ष पछिको भेट

ronaldo vs messi

फुटबल जगतको कहिल्यै नसकिने विषयको विवाद हो क्रिस्टियानो रोनाल्डो उत्कृष्ट कि लियोनल मेस्सी ? यी दुई यस्ता स्टार खेलाडी हुन् जसले फुटबल जगतमा विगत एक दशकदेखी राज गरिरहेका छन् ।

रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्याचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिडमा आवद्ध भएका थिए । त्यसैबेला अर्को स्टार स्पेनिस क्लब बार्सिलोनाका स्टार मेस्सी पनि त्यतिबेला चर्चामै थिए ।

दुई ठूला प्रतिद्वन्दी स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका स्टार रोनाल्डो र मेस्सीबीच निक्कै प्रतिस्पर्धा हुन्थ्यो । एल क्लासिकोलाई निकै नै महत्वपूण रुपमा हेरिन्थ्यो, किन भने मेस्सी र रोनाल्डो एल क्लासिकोमा मात्रैसँगै मैदान उत्रिन्थे ।

रियल मड्रिड भर्सेस बार्सिलोना हुँदा मैदान बाहिर समर्थकहरूबीच निकै रोमाञ्चक प्रतिस्पर्धा हुन्थ्यो ।

तर, सन् २०१८ मा रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि रोनाल्डो र मेस्सीको मैदानमा भेट भएको छैन् । करिब २ वर्षपछि मेसी र रोनाल्डो फेरि एक अर्काविरुद्ध मैदानमा उत्रिँदै छन् ।

रोनाल्डो र मेस्सी : हजारको संयोग

च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आजराती क्रिस्टियानो रोनाल्डोको युभेन्टस र लियोनल मेसीको बार्सिलोनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

आज च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेल हुँदैछ ।

यसअघि अक्टोबर २८ मै बार्सिलोना र युभेन्टसबीच खेल भएको थियो । तर, कोरोना संक्रमणका कारण रोनाल्डो मैदान उत्रेका थिएनन् । उक्त खेलमा बार्सिलोना २–० गोल अन्तरले जित हात पारेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १:४५ मा शुरु हुनेछ । दुवै टिमले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

युभेन्टसलाई समूह विजेता बन्न कम्तिमा ३ गोल प्रहार गर्नुपर्नेछ । दुई गोलको अन्तरले जिते मात्र युभेन्टस अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ ।

बार्सिलोना भने अपराजित यात्रा कायम राख्दै समूह विजेताको रुपमा अर्को चरण पुग्ने प्रयासमा हुनेछ ।

मेस्सीले ६ पटक ब्यालोन डी’ओर उपाधि जितेका छन् भने रोनाल्डोले ५ पटक सो उपलब्धि हासिल गरेका छन् ।

बार्सिलोना र युभेन्टसबीचको आजको खेललाई निक्कै महत्वपुण रुपमा हेरिएको छ ।