१६ चैत्र २०८०, शुक्रबार

भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया विजयी

australia

भारतसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी भएकाे छ ।

अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले अर्धसतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । उनले ६१ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ८५ रन बनाए । यस्तै ओपनर शिखर धवनले २८ र हार्दिक पांड्याले २० रन बनाए । अस्ट्रेलियाका मिचेल स्विपसनले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले सिड्नीमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । उसका म्याथु वेडले ८०, ग्लेन म्याक्सवेलले ५४ र स्टिभ स्मिथले २४ रन बनाए । भारतका वासिंटन सुन्दरले २ विकेट लिदा टी नटराजन र युजभेन्द्र चाहलले समान १ विकेट लिए।

पहिलो र दोस्रो खेल जितेको भारतले शृङ्खला यसअघि नै जितिसकेको छ । यी दुई देश बीच भएको एकदिवसीय शृङ्खला भने अस्ट्रेलियाले जितेको थियाे । भारत र अस्ट्रेलियाबीच डिसेम्बर १७ तारिखदेखि ४ खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।