नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ।
लामो समयदेखि चर्चामा आएको मन्त्रिपरिषद् पुनगर्ठन हुने निश्चित भएको हो ।
आइतबार प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनका लागि सैद्धान्तिक सहमति भएको हो ।
सचिवालय बैठकले नयाँ मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाइ छ। बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि सकेको छैन। स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ।
बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरेको छ ।