४ बैशाख २०८१, मंगलवार

नेपालतर्फको पूर्व-पश्‍चिम राजमार्ग नै भारतमा !

highway sHBbQXGShb

एक वर्षअघि नेपालतर्फ रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा चीनतर्फ देखाएर आलोचित गुगलले यो पटक अर्को गडबडी गरेको छ।

भारतले नेपाली भूमि अतिक्रमित गरिरहेका बेला गुगल म्यापले नेपालतर्फको पूर्व-पश्चिम राजमार्गलाई नै भारतीय क्षेत्रतर्फ देखाइदिएको छ।

भारत तथा चीनसँग जोडिएको सीमाक्षेत्रलाई डिजिटल गर्ने र पिल्लरमा जिपिएस प्रणाली जोड्ने तयारी सरकारले गरिरहेका बेला गुगल म्यापले भने सुनसरीस्थित पूर्व-पश्चिम राजमार्गको एउटा खण्डलाई भारतमा देखाइदिएको छ।

पछिल्लो समय गुगल म्यापमा नेपालको सीमाक्षेत्रका बस्तीहरू भारततर्फ देखाइरहेका बेला राजमार्गमाथि पनि त्यस्तै कृत्य गरिएको छ।दक्षिण एसियाको लाइफलाइन मानिएको पूर्व(पश्चिम राजमार्ग नै भारततर्फ देखाइएको हो। सुनसरीस्थित कोशी व्यारेज क्षेत्रमा रहेको राजमागर्गको एउटा खण्डलाई गुगल म्यापले भारततर्फ देखाइरहेको छ।

मेची-महाकाली जोड्ने एक हजार २७ किलोमिटर लामो पूर्व(पश्चिम राजमार्गमा पर्ने सुनसरीको कोशी व्यारेज नजिकै हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर क्षेत्रको करिब ६५० मिटरसम्मको सडक नै भारततर्फ रहेको गुगल म्यापमा देख्न सकिन्छ।

हालसम्म भारतीयले त्यस क्षेत्रमा आफनो दाबी गरेका छैनन्’,  ‘त्यसमाथि गुगल म्याप कति आधिकारिक भन्‍ने कुरा केन्द्रीय सरकारी तहबाट छलफल गर्नु जरुरी छ । सीमाविद बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘सीमा संग्राम’ नामक पुस्तकमा ताप्लेजुङदेखि दार्चुलासम्म २३ जिल्लाका ७१ स्थानमा भारतले ६० हजार ६२७ हेक्टर मिचेको उल्लेख गरेका छन्।

भारतसँगै सीमा जोडिएको झापाको केचना, पाठामारी, महेशपुर, ज्यामिरगढी, मेचीनगर लगायतको क्षेत्रमा १७४ हेक्टर भूमि अतिक्रमण भएको सिमाविद्हरूले बताउँदै आएका छन्। गुगलका प्रमुख कार्यकारी (सिईओ) अहिले भारतीय नागरिक छन्।

गुगलका प्रमुख कार्यकारी तामिलनाडुका सुन्दर पिचाई हुन्। उनी सन् २०१५ अगष्टदेखि गुगलको सिईओको रुपमा कार्यरत रहेका छन्। सन्दकपुरमा गुगल म्यापको लफडा गुगल म्याप नै देखाएर भारतीय पक्षले इलामको सन्दकपुरमा नेपालीमाथि ज्यादती गरिरहेको छ। भ्रमण वर्षका लागि सरकारले घोषणा गरेका एक सय गन्तव्य इलामको सन्दकपुर क्षेत्रमा थालिएको पूर्वाधार विकासमा बाधक पनि भारत भएको छ।

गुगल म्यापकै बहानमा भारतीय पक्षले २ करोड ८५ लाख ९१ हजार ५१४ रुपैयाँको लागतमा निर्माण थालिएको गेष्ट हाउसको काममा अवरोध गरेको छ। एसएसबीले दबाब भ्रमण वर्ष लक्षित पूर्वाधार निर्माण रोक्न गुगल म्यापकै बहाना बनाएको प्रदेश सांसद खिनु लङवा लिम्बूले बताइन्।

सन्दकपुरमा सीमाक्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरिएको छ। तर पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ।

तीनवर्ष अघि पशुपतिनगरको फाटक र राङवाङ ग्राम पञ्चायतको बीचमा पर्ने नोमेन्सल्यान्डमा भारतले पुरानो गुम्बामर्मत सम्भारका नाममा अतिक्रमण गरेको थियो। इलामको ५२ किलोमिटर क्षेत्र नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गरेको छ ।

थाहा खबर

    सम्बन्धित समाचार...