ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स – हेर्नुहोस् तस्विर र भिडियो

पूर्व राजा ज्ञानेन्द्र शाह नाँचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।
प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।
पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् ।
यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।
सामाजिक सञ्जालमा केहीले पूर्व राजाको विन्दास मुडको प्रशंसा गरेका छन् भने केहीले आलोचना ।
आलोचकहरुले पूर्व राजपरिवार यही मनोरञ्जन र विन्दासपनका कारण संकटमा परेको टिप्पणी गरेका छन् । केहीले भने देशको सीमा अतिक्रमण भएको बेलामा नाचेर बस्नु भन्दै कटाक्ष गरेका छन् ।
कतिपयले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेको भन्दै पूर्व राजपरिवारलाई देशको माया भएको भन्दै राजतन्त्रको वकालत पनि गरेका छन् ।
तस्विर र भिडियो : एलओडी