रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।
१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्याइएको हो ।