१५ बैशाख २०८१, शनिबार

पशुपति शमशेर राणाको हात समातेर धार्मिक यात्रामा रेखा थापा

Rekha Thapa 1

अभिनेत्री एवं राप्रपा (संयुक्त) कि नेतृ रेखा थापा हिन्दू राष्ट्र निर्माणका लागि पार्टीले सञ्चालन गरेको जागरण अभियानमा सहभागी भएकी छन्।

बिहीबार राप्रपा संयुक्तले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक बनाउनका लागि जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको छ।

सो अभियानमा सहभागी हुन राप्रपा संयुक्तका नेताहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहोनी लगायतका केन्द्रीय नेताहरु जनकपुर पुगेका छन् ।

अभिनेत्री थापाले धार्मिक यात्राको आरम्भ गर्दै गरेका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। उनले फेसबुकमार्फत नै धार्मिक यात्रा सुरु भएको जानकारी समेत दिएकी छन्। ‘जनकपुरबाट धार्मिक यात्रा सुरु’, तीन वटा तस्बिर राख्दै उनले क्याप्सनमा लेखेकी छन्।

तस्बिरको पृष्ठभूमिमा जनकपुरको जानकी मन्दिर देख्न सकिन्छ। तीन तस्बिरमध्ये एक तस्बिरमा अभिनेत्री थापा पार्टी नेता पशुपति शमशेर राणाको हात समातेर हिँड्दै गरेको देख्न सकिन्छ भने अर्को तस्बिरमा दुई नेता राणा र लोहनीका बीचमा उनी मुस्कुराई रहेको देख्न सकिन्छ।

बिहीबारबाट सीताको जन्मभूमि जनकपुरबाट सुरु भएको धार्मिक यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी पुगेर सम्पन्न गर्ने राप्रपाले बताएको छ।

    सम्बन्धित समाचार...