Close Me
१३ माघ २०८१, आईतवार

प्रधानमन्त्री ओली आज फेरि अस्पताल जाँदै

KP Oli

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य ‘फलाेअप’का लागि शनिबार पुनः ग्रान्डी अस्पताल जाने भएका छन्।  गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् ।

आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि आज अस्पताल बोलाएका थिए ।

गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन् । आज उनको नियमित जाँच गराइनुका साथै नियमित जाँच हुने बालुवाटार स्रोतले जनाएको छ ।

१३ गते उपचारपछि फर्केपछि उनलाई डायलासिस भने गर्नुपरेको छैन । प्रधानमन्त्री ओलीले यदी नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थितीमा रहेका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरुसँग परामर्श लिइरहेका छन् ।

उनले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा पनि बुझिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसनिम्ति उनका निजी चिकित्सक प्रा।डा। दिव्यसिंह शाह अमेरिका पुगेर फर्किसकेकी छिन् ।

प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आउनुभएको छ । सोही उपाचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरकोको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ उनले शरीरमा रहेको एन्टिबडीलाई नष्ट गराएका थिए ।