७ बैशाख २०८१, शुक्रबार

दैलेखमा १ बर्ष पुग्दा सम्मेत सञ्चालन हुन सकेन १५ शैयाको अस्पताल

dailekh hospital

दैलेखः दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ३ को सान्तडामा १५ शैयाको अस्पताल र हेलिप्याड निर्माण भएको करीब १ बर्ष पुगेको छ ।

अस्पताल निर्माण भए पछि भगवतीमाई गाउँपालिकामा कुनै पनि विरामी अकालमा मृत्यु नहुने आंकलन गरिरहेका गाउँपालिकावासी यति बेला अस्पताल सञ्चालन नभएको कारण निराश भएका छन् । गाउँपालिका स्थापना भएपछि विकासमा फट्को मारेको गाउँपालिकामा निर्माण भएको १५ शैयाको अस्पताल अहिले सम्म सञ्चालनमा आउन नसकेको कारण आम नागरिकहरु भवन मात्र निर्माण भएर अस्पताल सञ्चालन नभएकोमा गाउँपालिका अस्पताल तर्फ गम्भीर नभएको चिन्ता ब्यक्त गरेका छन् ।

गाउँपालिका भित्र पर्ने कुनै ब्यक्ति स्वास्थ सेवा नपाइ मृत्युबरण हुने छैन् भन्ने उद्देश्यले भगवतीमाइ गाउँपालिको सान्तडामा अस्पताल निर्माण गरेपनि हाल अस्पताल सञ्चालन नहुँदा गाउँपालिका बासी सहरका महङ्गा अस्पतालमा जान बाध्य भएका छन् ।

गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण भएको छ तर भवन मात्र निर्माण भएको र आफु जस्तै गाउँपालिका भित्रका धेरै विरामीहरु सुर्खेत तथा नेपालगन्ज, हुदै काठमाडौँ जाने र धेरै शुल्क तिरर उपचार गराउन बाध्ये भएको भगवतीमाई गाउँपालिका वडा नं ४ की देविसरा अधिकारी बताउँछिन ।

स्थानीय सरकार गठन भएको १ वर्षको अवधिमा गाउँपालिकाका सबै राजनैतिक दल नागरिक समाज र सरोकारवाला निकायसँग समन्वय गरि अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतीमाई गाउँपालिका वडा नं. ३ को सान्तडा छनोट गरी अस्पताल निर्माण गरे पनि अहिले सम्म अस्पताल संचालनमा आउन सकेको छैन ।

भगवतीमाई गाउँपालिकाले तेस्रो गाउँ सभाबाट १५ शैयाको अस्पताल निर्माणका लागि ६७ लाख रुपैया बिनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट १ करोड रकम बिनियोजन गरी भगवतीमाई गाउँपालिका स्थानियको स्वास्थ्यलाई ख्याल राखी दैलेख क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्य धर्मराज रेग्मी लगाएत वडा नं ३ का स्थानियहरुले १५ रोपनी नि:शुल्क दान दिएको जग्गामा आर्थिक वर्ष ०७५/०७६को पुस मसान्तमा निर्माण कार्य सम्पन्न भएको १५ शैयाको अस्पताल संचालन हुनसकेको देखिदैन ।

अस्पताल नजिकै करीब आठसय जनसंख्या लाभान्वित हुने गरी आठ लाख रुपैया खर्च गरेर हेलिप्याड निर्माण गरिएको छ । अस्पताल सञ्चालन नभए पछि हेलिप्याड समेत सञ्चालनमा आउन सकेको छैन् ।

यता गाउँपालिकाले भने अस्पतालबाट बिशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले काम भईरहको बताएको छ | पालिकासंग अस्पताल सञ्चालन गर्ने आर्थिक श्रोत नभएको र सामाजिक विकास मन्त्रालय मार्फत अस्पताल सञ्चालनको लागि कुनै डकुमेन्ट नआएको कारण अस्पताल सञ्चालनमा ढिला भए पनि अब भने अस्पताल सञ्चालनको लागि सबै संग पहल भएको र छिट्टै सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।