२२ बैशाख २०८१, शनिबार

कृषि समुहहरुलाई समुह स्तरिय व्यवसायिक तालिम

daile krishi shashaktikarna tarakari taalim scaled

दैलेख | कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएर युवा, एकल-महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई आय आर्जनमा जोड्न शतप्रतिशत अनुदानमा बिऊ-बिजन संगै उनीहरुलाई व्यवसायिक बनाउन कृषि समुहहरुलाई समुह स्तरिय व्यावसायिक तालिम प्रदान गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको “कोभिड–१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकभरी” कार्यक्रम मार्फत गठन गरिएका कृषि समुहलाई उक्त तालिम प्रदान गरिएको हो ।

महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले गुराँस गाउँपालिका वडा २, ३, ४ र ५ न.वडामा गठन गरिएका १२ वटा कृषि समुहरुलाई समुह स्तरिय व्यावसायिक तालिम सचालन गरिएको बताइन् । उनले कोरोना महामारी कारण रोजगारी गुमाएका युवाहरुलाई शत प्रतिशत अनुदानमा बिऊ दिए संगै तरकारी खेतीका माध्यमवाट आयआर्जन गर्न शुरुवात गरेको बताईन् ।

महिला शसक्तिकरण मञ्च नेपालका कार्यक्रम संयोजक मोहन आर्चायले परियोजना मार्फत कृषि समुहलाई बिऊ र हाते ट्याक्टर वितरण गरेको र बाख्रा पालन समुहलाई बाख्रा वितरण गरेको बताए । उनले परियोजना मार्फत कोरोना प्रभावीत कृषकहरुलाई आलु, काउली, बन्दा, मुला, भाजी लगायत बिऊहरु दिएपछि उनीहरुले राम्रो उत्पादन गरेको बताए । गाउँपालिका स्तरका कृषि शाखाका प्राविधिक र संस्थाको प्राविधिक सहजिकरणमा समुह स्तरिय व्यावसायिककरण तालिम दिएको र कुनै समस्या भए कृषकले गाउँपालिकाका कृषि प्राबिधिक संग समन्वय गर्ने सक्ने वातावरण सिर्जना गरिएको छ ।

लालीगुराँस तरकारी ताजा समूहकी उपाध्यक्ष हिरा गुरुङले परियोजनाले उत्पादनका लागि बिऊ मात्र नभएर व्यवसायीक रुपमा कृषि गर्न उत्प्रेरणा संगै प्राविधिक सहयोग समेत गरेको बताईन ।