७ बैशाख २०८१, शुक्रबार

किसानलाई जानकारी नै छैन सरकारको बाली बीमा कार्यक्रम

616e1a16bcf38 dhand

बाढी पहिरोलगायतका विपतबाट हुने बालीनालीको क्षतिको भर्पाइका लागि सरकारले बाली बीमा कार्यक्रम लागू गरेको छ । तर यो कार्यक्रमका बारेमा किसानलाई जानकारी नै छैन । त्यसैले यसपालीको बेमौसमी वर्षाबाट भएको नोक्सानीको क्षतिपूर्ति किसानले पाउन सक्ने स्थिति छैन ।

घर भित्र्याउन ठिक्क परेको धान यसपालीको बाढीले खेतबाटै बगायो । नबगेको धान अहिले बोटमै उम्रिन थालेको छ ।

वर्षभरीको मेहनत बाढीले नष्ट गरेपछि किसान ऋण कसरी तिर्ने होला भन्ने चिन्तामा छन् । अधिया र ठेक्कामा अरुको जमिनमा खेती लगाएकाहरु अब जग्गा धनीलाई के दिने भन्ने पिरलोमा छन् ।

किसानको यस्तो चिन्ता कम गर्न भन्दै सरकारले ९ वर्षअघि बाली बीमा कार्यक्रम ल्याएको थियो । प्राकृतिक प्रकोप, बालीमा लाग्ने रोगब्याधीबाट अन्न नष्ट भएमा किसानलाई त्यसको भर्ताल होस् र किसानले चिन्ता लिन नपरोस् भनेर देशभर बाली बिमा कार्यक्रम लागू गरियो ।

आर्थिक वर्ष २०७०(७१ देखि कृषि तथा पशुबिमा कार्यक्रमलाई अनिवार्य रूपमा कार्यान्वयन गरियो । र बिमा गर्दा लाग्ने शुल्कमा सरकारले अनुदान समेत दिने गरेको छ । सुरुवाती समयमा बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराएको थयो भने अहिले ८० प्रतिशत पुर्‍याएको छ ।

तर ९ वर्षअघि शुरु भएको र बीमाका बारेमा बारेमा किसानलाई जानकारी नै भएन ।

बीमा समितिका अनुसार गत आर्थिक वर्षमा बाली बीमालेख संख्या ५ हजार एक सय मात्र छ । यसले पनि यो कार्यक्रमको बारेमा किसानलाई जानकारी छैन भन्ने पुष्टि हुन्छ । अहिलेको वर्षामा धान गुमाएका किसान बाली बीमा बारे जानकारी नपाएकोमा पश्चातापमा छन् । उनीहरु भन्छन थाहा पाएको भए बिमा गर्थ्यौँ नि ।

तर सुर्खेतको विरेन्द्रनगरपालिका वडा नं ९ का वडाध्यक्ष सुरेश मानन्धर जग्गा एउटाको र बाली अर्कैले लगाउने हुँदा बीमासम्बन्धि जानकारी पाएर पनि किसान बीमा गर्न इच्छुक नभएको दाबी गर्नुहुन्छ ।

जे नहुनु पर्ने थियो, त्यो भैसकेको छ । अर्थात किसानले बर्षभरीको पसिनाको कमाई गुमाएका छन् । प्रकोप आउने र किसानले अन्नबाली नोक्सानी हुने संभावना आगामी दिनमा पनि छ । यो टारेर पनि टार्न सकिन्न । त्यसैले आउँदा दिनमा किसानलाई हुने क्षतिको भर्ताल गर्नका लागि कृषी बीमालाई किसानको खेतबारी सम्म पुर्‍याउन जरुरी छ ।