२० बैशाख २०८१, बिहीबार

आज वाग्मती प्रदेश सभाको बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

Astha Laxmi Shakya

आज बिहीबार अपराह्न वाग्मती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो । विहीवारको बैठकमा उहाँले विश्वासको मत लिनुहुनेछ ।

त्यसअघि वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बिहान गठबन्धनको बैठक बोलाइएको छ ।

बिहान बस्ने बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउने बताइएको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । वाग्मती प्रदेशमा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने दलहरुबीच सहमति भएको छ ।