१४ बैशाख २०८१, शुक्रबार

सुपर ओभरमा इङ्ल्यान्ड विजयी

england newzealand getty

घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डले जितेको छ ।  पाँचौं तथा अन्तिम टी–ट्वान्टीलाई न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले सिरिज ३/२ ले जितेको हो ।

वर्षाले खेल प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १ विकेट गुमाएर ८ रन बनायो ।

सुपर ओभर अघि इंग्ल्याण्डका जोनी बेयर्स्टोले सर्वा्धिक ४७ रन बनाए । यस्तै साम करनले २४ तथा कप्तान इयोन मोर्गनले १७ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्यान्टनर र जेम्स निशमले समान २/२ विकेट लिए ।  यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

न्युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले ४६ रन बनाए । टिम सिफार्टले ३९ रन बनाए । इंग्ल्याण्डका साम करन, टम करन, आदील राशिद र शकिब ममुदले समान १/१ विकेट लिए ।

    सम्बन्धित समाचार...