१६ बैशाख २०८१, आईतवार

प्रदेश नं १ मा १३५ सङ्क्रमित थप

province 1 pradesh 1

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३६८ कोरोना निको भएका छन् भने १३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितमध्ये ६७ महिला र ६८ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुनेमा होम आइसोलेसनका ३६५ छन् भने न्यूरो अस्पताल विराटनगरका तीन जना छन् । यस प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या २० हजार ५८८ छन् भने सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ जना छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५०, झापामा ५४, सुनसरीमा छ, इलाम र धनकुटामा तीन–तीन र पाँचथरमा एक जना छन् । यस अवधिमा ४७० जनाको पिसीआर परीक्षणसहित हालसम्ममा कूल एक लाख ८२ हजार ६०७ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि चार हजार ४८८ सक्रिय सङ्क्रमित छन् ।