७ बैशाख २०८१, शुक्रबार

प्रिमियर लिगमा वाटफोर्डद्वारा पहिलो जित

watford vs norwich city

प्रियिमर लिग फुटबलको चालू सिजनमा वाटफोर्डले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गाएको हो ।

वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले खेलको दोस्रो मिनेटमै सुरुवाती गोल गरे । ५२औं मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर बनाएका थिए । त्यसपटि वाटफोर्ड १० खेलाडीमा समेटिएर पनि अग्रता जोगायो । ६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेँलो (रातो) कार्ड खादै मैदान बाहिरिएका थिए । नर्विचले वाटफेर्डको कमजोरीमा फाइदा उठाउन सकेन

वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै ११ खेलबाट ८ अंक जोड्यो । नर्विच ७ अंकसहित तालिकाको अन्तिममा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ तथा तेस्रो र चौचो स्थानमा रहेको लेस्टर सिटी र चेल्सीको समान २३ अंक छ । एजेन्सी

    सम्बन्धित समाचार...