१४ बैशाख २०८१, शुक्रबार

इरानसँग नेपाल ४–० गोलले पराजित

Nepal u 19 DPkV2pfGti

नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘डी’ मा रहेको नेपालले लगातार दुई हार खेपेको छ । अंक विहिन नेपाल समूहको अन्तिममा छ ।

पहिलो खेलमा पनि नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग ४–० गोलले पराजित भएको थियो । नेपालले अब आइतबार समूहको अन्तिम खेल किर्गिस्तानसँग खेल्नेछ । उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाई हुनेछ ।

    सम्बन्धित समाचार...