८ बैशाख २०८१, शनिबार

ब्राजिलका पूर्व राष्ट्रपति सिल्भा रिहा

Former President of Brazil

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो ।

अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । अदालतबाट रिहा भएलगत्तै लुइज इनासियोले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनको रिहा लगत्तै भएको र्‍यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ । एजेन्सी

    सम्बन्धित समाचार...