११ बैशाख २०८१, मंगलवार

मनपर्ने सुपरस्टारको फिल्म विवाहकै दिन रिलिज हुने थाहा पाएपछि, दुलहाले यतिसम्म गरे

Mamangam 2019

सुपरस्टार मामुट्टीले आफ्नो फिल्ममार्फत् दक्षिणी सिनेमामा निकै नाम कमाएका छन् । उनको फिल्मको क्रेज अत्यधिक देख्न पाइन्छ । मामुट्टीको फिल्म हेर्नका लागि प्रशंसकले आफ्नो विवाहको मिति नै परिवर्तन गरेको खुलासा भएको छ ।

वास्तवमा मामुट्टीका यी प्रशंसकले उनको फिल्म जहिले पनि पहिलो दिनको पहिलो शोमा हेर्ने गर्दथे । र यसपटक पनि यसो गर्न उनले आफ्नो विवाहको मिति नै परिवर्तन गरेका छन् ।

भारतीय मिडिया रिपोर्टले दाबी गरे अनुसार जब केरलका मेमन नामका एक प्रशंसकलाई उनलाई मनपर्ने स्टार मामुट्टीको नयाँ फिल्म ममंगम आफ्नो विवाहको दिन अर्थात् २१ नोभेम्बरमा रिलिज हुँदै छ भनेर थाहा भयो तब उनले विवाहको मिति अघि सारेर अक्टोबर ३० मा विवाह गरे र आफ्नी नयाँ दुलहीसँग मामुट्टीको फिल्म हेर्न गए ।

मामुट्टीको फिल्म ममंगम यसै महिना २१ तारिखमा मलयालम, तमिल, तेलुगू र हिन्दीमा रिलिज हुने निश्चित भएको छ । एजेन्सी

    सम्बन्धित समाचार...