१६ चैत्र २०८०, शुक्रबार

बढ्यो सम्बध बिच्छेदका घटना

divorce

दोलखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिन्छ । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए । यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरी कुल एक सय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दालाई विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिनु भयो ।

संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन् । अहिले देवानीसंहिताको परिच्छेद ३ को दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ । नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ ।