१५ बैशाख २०८१, शनिबार

दाङमा भान्जाको बिहे खाएर फर्कदै गर्दा सांघातिक आक्रमण, बायाँ खुट्टा छिनाईदिए

fight fist
सांकेतिक तस्विर

दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको अज्ञात समूहले खुट्टा काटिदिएका छन । दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको छ ।

विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गरेका बिकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको गोलिगाँठादेखि तलतिर काटेर छुट्याइदिएका हुन । अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।

घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य तिब्र पारेको प्रहरीले बताएको छ ।