४ बैशाख २०८१, मंगलवार

मुक्का हानेर दाँत झारेको भरपाइ रु दुई सय

samaj dailekh teeth fight

कतै आकस्मिक होला कतै योजनाबद्ध झैझडा हुनु स्वभाविक मान्न सकिएला । झगडाले उत्तेजक अवस्था सिर्जना भइहालेपछि दलबल हुनेले कमजोर पक्षलाई कुटपिट गर्नुलाई पनि स्वभाविक मानिन्छ । कुटपिटमा घाइतेहरुको पहुँच जति कमजोर हुन्छ, त्यही अनुसार औषधि खर्च पनि कम पाउँछन् ।

यस्तै एउटा घटना नौमूले गाउँपालिका–७ पैतीका १८ वर्षीय गगन नेपालीले भोग्नु परेको छ । माघ २४ गते गाउँकै छिमेकी नरबहादुर बलामीका नातिनीको अन्नप्रशानमा नाँच्ने क्रममा भएको सामान्य विवादमा उनको दाँत झार्नेले दुई सय रुपैंयाँ मात्र तिरेर मुक्ति पाएका छन् ।

नौमूले गाउँपालिका–७ पैतीका १९ वर्षीय सुनिल रामजालीले एक्कासी मेरो मुखमै मुक्का हानेर अगाडिको माथिल्लो दाँत खसाली दिएसंगै टाउको, कञ्चट, छाति र पेटमा समेत घाउ नदेखिने गरी कुटपिट गरेको भोलिपल्ट माघ २५ गते सुनिलका काका मोहन रामजालीले दुई सय रुपैंयाँको औषधि गरेका हुन् ।

आफन्त कसैलाई नलिई घाइतेलाई मात्र दैलेख सदरमुकाम ल्याई दुखाई कम गर्ने सिटामोल लगायत औषधि हात पारेर उसै दिन घर फर्काई लिएका र अहिले दुखाई भइरहेको छ उपचार गरिदिनुस् भनी अनुरोध गर्दा समेत बेवास्ता गरेको पीडितको भनाई छ ।

सम्पर्क नम्वर पत्ता लाग्न नसकेको कारण आरोपित पक्षको प्रतिक्रिया लिन सकिएन । यसबारे पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा उपचार तथा क्षतिपूर्तिका लागि पहल गरिदिन उजुरी गरेको र आरोपित पक्षलाई झिकाउने पहल भइरहेको दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए ।

मुलुकी अपराध सहिता ऐन २०७४ को दफा १९२ को उपदफा ५ ले एउटै किसिमको काम दिने एक भन्दा बढी अंक हुने मध्ये एउटा मात्र बेकम्मा बनाएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।