२३ बैशाख २०८१, आईतवार

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

girirajmani pokhrel
फाइल फोटो

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ। मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको बताए ।

पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन्।

उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।