२४ बैशाख २०८१, सोमबार

२,०७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, हालसम्मकै उच्च निधन संख्या

corona testkit scaled

नेपालमा आज (आइतवार) १२,४२७ पिसिआर टेस्ट भएकोमा थप २,०७१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ३१,३१५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,६१३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,५५२ जना र आज सम्म ७५,८०४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा ११४५, ललितपुरमा १६१ भक्तपुरमा ११० गरी जम्मा १,४१६ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा ३२९ जना उपचाररत छन जसमा प्रदेश १ मा ३२, प्रदेश २ मा २०, बाग्मती प्रदेशमा २०२, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेशमा १७ जना र सुदुर पश्चिममा २ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १० जना, प्रदेश २ मा २ जना, बाग्मती प्रदेशमा ५५ जना र लुम्बिनी प्रदेशमा ९ जना गरी जम्मा ७६ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा २२ जनाको निधन भएको छ । हालसम्म मृतक ६३६ जनामा कोरोना पुष्टि भएको छ।