६ बैशाख २०८१, बिहीबार

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

Bharatpur Hospital

भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।