१६ बैशाख २०८१, आईतवार

कोरोना संक्रमित नेकपा नेतृ शान्ता चौधरी आईसीयुमा सिफ्ट

Shanta chaudhary

कोरोना भाइरसबाट संक्रमित भइ उपचारको क्रममा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ ।

चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । थप समस्या देखिएपछि वीर अस्पतालको आइसियूमा सारिएको हो । उनलाई शुक्रबार राति आइसियूमा सारिएको हो ।

अशोज १९ गते संक्रमण पुष्टि भएसँगै उनको उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा सारेर उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।

स्तन क्यान्सरलाई जितेकी उनी गएको वर्ष डेंगीका कारण बिरामी परेकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । उनमा दमको पनि समस्या छ ।