१६ चैत्र २०८०, शुक्रबार

मिलन नेवार र राजनराज सिवाकोटीको ‘ताल्चा लगाउ’ सार्वजनिक

Talcha lagau

गायिका मिलन नेवार र राजनराज सिवाकोटीले आफ्ना दर्शक र स्रोताका लागि नयाँ म्युजिक भिडियो ल्याएका छन् । शुक्रबार उनीहरुको ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सो गीतमा गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको स्वर रहेको छ । उक्त गीतनमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ । निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
मिलन नेवार आफैंमा स्थापित गायिका हुन् भने राजनराज पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्काे हिट गीत दिएका सर्जक हुन् । यी दुईको स्वर तथा शब्द संगीतमा बनेको
‘ताल्चा लगाउ’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।