१५ चैत्र २०८०, बिहीबार

नेपाल एयरलाइन्सको गोञ्झाओ उडान मंसिरदेखि शुरु

nepal airlines

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ ।

लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको गोेञ्झाओ उडान सुनिश्चित भएको हो ।

‘निगमको जहाज गोञ्झाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महिनादेखि उडान शुरु हुनेछ । निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा गोञ्झाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सीधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

    सम्बन्धित समाचार...