१६ चैत्र २०८०, शुक्रबार

अबैध रुपमा लगाएको १९ हजार पाँचसय बोट गाजा फडानी

download

धनकुटाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । आईतवार बिहान प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका-६ को चेप्ला र बरबोटेमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाजा फडानी गरी नष्ट गरिएको हो ।

यसैगरी प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका-२ को बुर्खा र सेलेजेजर्नामा अन्दाजी १२ रोपनी जग्गामा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको २ हजार ४ सय ४० बोट गाजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    सम्बन्धित समाचार...