२३ बैशाख २०८१, आईतवार

नारायणीमा नदीमा गैंडा फेरी मृत फेला

dead rhino
फाइल फोटो

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उहाँले बताउनुभयो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताउनुभयो ।

पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।