१६ चैत्र २०८०, शुक्रबार

चितवनमा बाघको आक्रमणबाट एक महिलाको निधन

tiger
फाइल फोटो

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

बाघले आक्रमण गरेको घटनाको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । टोलीले लास जाँच तथा मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानको काम गरिरहेको अधिकारीले बताए ।