१४ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमित महिलाको निधन

death women
सांकेतिक तस्विर

नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ। यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।