१५ चैत्र २०८०, बिहीबार

जाजरकोटमा जीप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको निधन

accident

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सरदमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्र पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप वडा नं. १ औलाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा जुनीचाँदे–१ की अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

गाडी चालक फरार छन्। यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने घटनाको प्रहरी घटनास्थल पुगिनसकेको भन्दै मृतकको पुष्टि गर्न नसकिने जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ।

जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ। प्रहरीले घटनाबारे थप खोजी गरिरहेको वास्तोलाले जानकारी दिए।

‘हालसम्म मृतक ५ जनाको मात्र नाम आएको छ, बाँकी घटनामा के भएको छ भन्नेबारे प्रहरीले हेरिरहेको छ,’ उनले भने।