२१ बैशाख २०८१, शुक्रबार

सिमान्तकृत र विपन्न समुदायका समस्या पहिचान

dailekh simantakrit

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सञ्चालित समुदायलाई सचेत पार्दै स्थानीय तहलाई जवाफदेही बनाउने इएलपी परियोजनाले नारायण नगरपालिकाका सिमान्तकृत र विपन्न समुदायका समस्या पहिचान गरेको छ ।

नारायण नगरपालिका–१ को नमूनाबस्ती, रातामाटे र वडा नं.७ को ढकाने तथा सल्लेरी टोलमा खानेपानी सुविधा, त्यहाँको शैक्षिक व्यवस्थापन सहयोग र कोरोना रोकथाम सचेतना कार्यक्रमको निम्ति नारायण नगरपालिकासंग माग गर्ने निर्णय गरिएको मानव अधिकार समूहका अध्यक्ष रेखा थापाले जानकारी दिएकी छिन् ।

कार्यक्रममा नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ र वडा नं. ७ का वडा सदस्य केयमलाल खरेलले पहिचान भएका समस्या समाधान गर्न वडा तहबाट प्रयास गर्ने र वडाबाट असम्भव हुने काम नगरपालिका र अरु निकायमा पनि पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।