६ बैशाख २०८१, बिहीबार

तरुण दलका नेपालगञ्ज नगर सभापति अत्याधुनिक पेस्तोलसहित पक्राउ

photo 33321

तरुण दलका नेपालगञ्ज नगर सभापतिलगायत ६ जनालाई प्रहरीले अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको छ । जिल्लाको जानकी गाउँपालिकाबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल  १ थान लोड भएको गोली २ राउण्ड र म्याग्जिन २ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित नमस्ते भिलेज रिसोर्टभित्र पार्किङ गरी राखेको निज साहको बा १८ च ४२११ नम्बरको कार ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति करिब ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको  प्रहरीले जाँच गर्दा उक्त कारको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...