७ बैशाख २०८१, शुक्रबार

कोदालोको विंड प्रहारबाट मृत्यु

pakrau1

चिसाङ शेर्पा खोटाङ, रुपाकोट मझुवागढी नगरपालिका खाल्ले ४ डाँडाखर्क बस्ने १८ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवन लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ । गाउँमा २/३ दिन अगाडी घटेको घट्ना मिलाउन छलफल गरेर फर्कने क्रममा पवनले मिलनलाई आक्रमण गरेका हुन् ।

घट्ना राती करीव साढे ८ बजे घटेको भए पनि त्रासका कारण गाउलेहरुले राती १० बजे मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै प्रहरीले निज पवनलाई पक्राउ गरी कानुनी कारवाही अगाडी थालेकोे छ । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पातल दिक्तेलमा ल्याइँएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...